Friday, March 16, 2007

हाइकु

नौ रंगी पोते
शिरैमा शिरफूल
पूर्णिको मेला

रेशमी साडी
मखमलको चोली
फक्रेको बैंश

गाँउका ठिटा
जिस्क्याँउदै हिड्छे रे
नक्कली मोरी ।
-nilima

Wednesday, March 14, 2007

तिमीलाई

तिमी हावा हौ या झरी
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ

आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें

टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें

असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।
-nilima

Tuesday, March 13, 2007

हाइकु

सुरा-सुन्दरी
रंगिन रातहरु
प्यासी यौवन

नशालु आँखा
सुमधुर संगीत
बैंशको हुरी

कोमल स्पर्श
मदिराको सागर
अतृप्त प्यास ।
-nilima