ढकमक्क फूल्ने बैंशहरु कसरी बिते थाहा भएन
पहाड छुन खोज्ने खुशीहरु छल्किए कसरी थाहा भएन,
कुल्चेर आफ्नै ईक्षाहरुलाई कसरी बाँचे थाहा भएन
डुबेर आँशुका आहालहरुमा कसरी हाँसे थाहा भएन,
एक्लिए सधै दोबाटोमा यात्रा यो कहाँको थाहा भएन
डौडेर भागे भिडहरु माझ त्रास यो मनको थाहा भएन,
झस्किए अधेंरी रातहरुमा झझल्को किन थाहा भएन
सम्हालिन खोजे बेहोशीमा आफै, कतिञ्जेलको लागि हो थाहा भएन।।
-निलीमा
Monday, December 31, 2007
Thursday, December 27, 2007
सताब्दी सम्म बचिरहनेछु by kalidas
तिमी
बादल सङ्ग लुकामारि खेल्दै
क्षितिज पारि हुन्छेउ
जुन
मेरो मन भित्र छ
अथवा भनौ कि
जहाँ तिमि छौ
त्यहि मेरो मन छ
म
तिमिलाई मन भित्र राखेर
तिमिलाई नै खोज्न हिडिरहेको छु
किनभने
तिम्रो माया
मन भरि हुदा हुदै
तिमिलाई खोज्न भौतारीइरहेको छु
बर्सौ देखि
अनि
तिम्रो खोजाइ
तिम्रो पर्खाइ जारी रहनेछ
चन्द्रमा र सुर्य रहुन्जेल
यो कालिदाश
तिम्रो आगमन को प्रतिक्षामा
तिम्रो बाटो हेरिरहनेछ
हातमा फूल
आखाँमा आशुँ
हिर्दयमा माया
अनि पिडा बोकेर
सताब्दी सम्म बचिरहनेछ
बादल सङ्ग लुकामारि खेल्दै
क्षितिज पारि हुन्छेउ
जुन
मेरो मन भित्र छ
अथवा भनौ कि
जहाँ तिमि छौ
त्यहि मेरो मन छ
म
तिमिलाई मन भित्र राखेर
तिमिलाई नै खोज्न हिडिरहेको छु
किनभने
तिम्रो माया
मन भरि हुदा हुदै
तिमिलाई खोज्न भौतारीइरहेको छु
बर्सौ देखि
अनि
तिम्रो खोजाइ
तिम्रो पर्खाइ जारी रहनेछ
चन्द्रमा र सुर्य रहुन्जेल
यो कालिदाश
तिम्रो आगमन को प्रतिक्षामा
तिम्रो बाटो हेरिरहनेछ
हातमा फूल
आखाँमा आशुँ
हिर्दयमा माया
अनि पिडा बोकेर
सताब्दी सम्म बचिरहनेछ
Monday, December 24, 2007
अन्तिम श्वास by IcE
हरेकपल्ट श्वास लिदा अन्तिम श्वास पो हो कि जस्तो
चाहाना छ मुटु भरि मेरो माया किन यस्तो
तिमी बिना जिवन मेरो लक्ष्यबिहिन यात्री जस्तो
लिई रहेछु अन्तिम श्वास मूल्यहिन र अति सस्तो
पहाड भन्दा ठूलो थियो सागर भन्दा गहिरो
मेरो मुटु आज हेर कतै बाढी कतै पहिरो
माया लाउदा खुशी अनि उमंग र उत्साह देखे
आफ्नो भाग्य थाहै नपाई चोट शहिद आफै लेखे
आँखा भरि आँशु थिए सुकिसके आँशु पनि
पिर माथि चोट अझै दिए सबै गनि गनि
धिक्कार्दै पो छ कि मलाई यो धर्तीमा पठाउनेले
सन्देश लिई आएहुन्थ्यो आज भोलिमा आउनेले
हरेकपल्ट आँखा खोल्दा फेरि बन्द होला जस्तो
मन भित्रका चाहाना यो बुझिदिए हुन्थ्यो जस्तो
निष्टूरी यो तिमी होइन गुनासो नि मेरो छैन
माया आफै बैरी भयो अन्तिम श्वास पनि गयो
अन्तिम श्वास पनि गयो....!!!!!

Tuesday, November 13, 2007
शायद
हरेक बिहानीहरुले नयाँ उज्यालो बोकेर आउछ
हर सँध्याहरुले सुनौलो सपना बुनेर आउछ
हरेक दिनहरुले अत्रिप्त आशा लिएर आउछ
हर पलहरुले नौलो उमंग बटुलेर आउछ
जंजिरले बेह्रिएका मनहरु सुन्दर रचना लिएर आउछ
बाध्यताले बांधिएका आत्माहरु मूक्तिको कल्पना बोकेर आउछ
ग्रहणले ढाकेको जून पूर्णेको उज्यालो सम्झेर आउछ
बतासले चुंडालेको फूलहरु बसन्तको प्रतिक्षा लिएर आउछ
थाहा छ प्रक्रिति कसैको अधिनमा हुदैन
थाहा छ भाग्यरेखाहरुलाई बदल्न सकिदैन
तर, किन सपनाका महलहरु अग्लिदै जान्छ
किन गन्तब्यबिहीन पाईलाहरु भौतारिदै जान्छ
शायद जिन्दगीका रँगहरु उ आफ्नै हातले रँग्याउन चाहान्छ
शायद ति ओंठहरुमा मुस्कान छर्न चाहान्छ
अनि बक्ररेखा झैं कोरिएका अतितहरु भुलेर
शायद हर्षले एकपल उ जिउन चाहान्छ।।

Wednesday, August 15, 2007
किन
आँखाबाट आँशु किन झर्छ
कमजोर यो मुटु किन दुख्छ
कसैको यादमा तड्पिएर
पलपल जिउनु किन पर्छ?
हिलोमा फूल्ने भए यो जिन्दगी
कमलको रूप किन लिन्छ
बलीमा चढ्ने भए जिन्दगी
सुन्दर संसार किन देख्छ?
बर्षातले भिजेको यो जिन्दगी
छहारीको ओत किन खोज्छ
जुवामा हारेको भए जिन्दगी
सपनाको महल किन रोज्छ?
-निलीमा
कमजोर यो मुटु किन दुख्छ
कसैको यादमा तड्पिएर
पलपल जिउनु किन पर्छ?
हिलोमा फूल्ने भए यो जिन्दगी
कमलको रूप किन लिन्छ
बलीमा चढ्ने भए जिन्दगी
सुन्दर संसार किन देख्छ?
बर्षातले भिजेको यो जिन्दगी
छहारीको ओत किन खोज्छ
जुवामा हारेको भए जिन्दगी
सपनाको महल किन रोज्छ?
-निलीमा
Friday, March 16, 2007
Wednesday, March 14, 2007
तिमीलाई
तिमी हावा हौ या झरी
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ
आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें
टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें
असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।
-nilima
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ
आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें
टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें
असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।
-nilima
Tuesday, March 13, 2007
Monday, February 05, 2007
Saturday, January 20, 2007
किन
सागर झैं शान्त तिमी खहरे बनेर उर्लिन्छौ किन
सँगीत झैं मधुर तिमी बादल बनेर गर्जिन्छौ किन
फूल झैं कोमल तिमी काँडाहरुमा रेटिन्छौ किन
जून झैं शितल तिमी ग्रहण माझ झुल्किन्छौ किन
अमूल्य यो जिन्दगीलाई रक्सीमा साट्छौ किन
क्षण भर मै उत्रीन्छ नशा ब्यर्थमा माट्छौ किन
बोटलमा प्राण छैन आफैलाई ढाट्छौ किन
सिउनु नै थियो भने बेहोशिमा फाट्छौ किन
रित्तिन देउ बैंशहरु प्रकृतिलाई बिथोल्छौ किन
भत्किन देउ आस्थाहरु बिर्सिजाने आश्वासन किन
पत्थरलाई माया दिई मुटुमा सजाउछौ किन
टूट्न देउ बाचाहरु भूलिजाने सम्झौता किन ।

Tuesday, January 16, 2007
Thursday, January 11, 2007
Wednesday, January 10, 2007
समर्पण
चाहान्छु म तिमीलाई धेरै धेरै
तर पाउन सक्दिन
पूजारी हुँ म तिम्रै प्रेमको
तर समर्पण गर्न सक्दिन
रहरहरुको त पहाड नै बनिसकेछ
तर बिश्वाश हरुलाई म भत्काउन सक्दिन
सपनाहरुको त बस्ती नै बसिसकेछ
तर जन्जीरहरुलाई म तोड्न सक्दिन
किनकी , म त बिबश छु
कसैको रँगीन सँसारहरुमा
म रँगी सकेकी छु
कसैको आस्थाहरुमा
म बेह्रीसकेकी छु
केवल भावनाहरुमा म
तिमी सँग हराउन सक्छु
मात्र कल्पनाहरुमा म
तिमी सँग रमाउन सक्छु
यदि सपनामा रम्नु पनि
मेरो गल्ती हो भने
हुन्छ, म तिम्रो नजरबाट
टाढा धेरै टाढा भै दिन्छु ।
-nilima
तर पाउन सक्दिन
पूजारी हुँ म तिम्रै प्रेमको
तर समर्पण गर्न सक्दिन
रहरहरुको त पहाड नै बनिसकेछ
तर बिश्वाश हरुलाई म भत्काउन सक्दिन
सपनाहरुको त बस्ती नै बसिसकेछ
तर जन्जीरहरुलाई म तोड्न सक्दिन
किनकी , म त बिबश छु
कसैको रँगीन सँसारहरुमा
म रँगी सकेकी छु
कसैको आस्थाहरुमा
म बेह्रीसकेकी छु
केवल भावनाहरुमा म
तिमी सँग हराउन सक्छु
मात्र कल्पनाहरुमा म
तिमी सँग रमाउन सक्छु
यदि सपनामा रम्नु पनि
मेरो गल्ती हो भने
हुन्छ, म तिम्रो नजरबाट
टाढा धेरै टाढा भै दिन्छु ।
-nilima
Tuesday, January 09, 2007
कथा
हासेरै तिमीले बिष दियौ
अमृत सम्झेर स्वीकारीदिए
अन्जान मै हो कि भाला रोप्यौ
म चुपचाप आफै सँग टुक्री दिए
देखेरै पनि कुल्चिदियौ
म तिम्रो पाईलाहरु पूजिरहें
दोबाटो मा तिमी टाढा भयौ
मेरो मन मन्दिरमा तिमीलाई नै सजाइरहें
तर, झुटो रहेछ यो दुनिया
जीवन अधूरो कथा भयो
ढुँगा रहेछन देउताहरु सबै
खुशीहरु आज ब्यथा भयो ।
-nilima
अमृत सम्झेर स्वीकारीदिए
अन्जान मै हो कि भाला रोप्यौ
म चुपचाप आफै सँग टुक्री दिए
देखेरै पनि कुल्चिदियौ
म तिम्रो पाईलाहरु पूजिरहें
दोबाटो मा तिमी टाढा भयौ
मेरो मन मन्दिरमा तिमीलाई नै सजाइरहें
तर, झुटो रहेछ यो दुनिया
जीवन अधूरो कथा भयो
ढुँगा रहेछन देउताहरु सबै
खुशीहरु आज ब्यथा भयो ।
-nilima
Monday, January 08, 2007
Saturday, January 06, 2007
खै के हो
कसैको यादमा रक्सी पिउनु
आफैलाई झुक्याउन खोज्दैछौ तिमी
कसैको प्रतिक्षामा जिन्दगी बाँच्नु
जिउने बहाना रोज्दैछौ तिमी
रक्सीको नशा मा उनि छैनन
भत्तीमा खोज्ने गल्ती नगर
मन्दिरमा सजिने देवी हुन उनि
ब्यर्थै दोषी बनाउने नगर
बिछोडको पिंडालाई भुल्न तिमीले
झुटको सहारा लिने नगर
माया त पवित्र बन्धन हो भन्छन
आफ्नै मनलाई तिमी सोधी हेर ।
-nilima
आफैलाई झुक्याउन खोज्दैछौ तिमी
कसैको प्रतिक्षामा जिन्दगी बाँच्नु
जिउने बहाना रोज्दैछौ तिमी
रक्सीको नशा मा उनि छैनन
भत्तीमा खोज्ने गल्ती नगर
मन्दिरमा सजिने देवी हुन उनि
ब्यर्थै दोषी बनाउने नगर
बिछोडको पिंडालाई भुल्न तिमीले
झुटको सहारा लिने नगर
माया त पवित्र बन्धन हो भन्छन
आफ्नै मनलाई तिमी सोधी हेर ।
-nilima
Thursday, January 04, 2007
मास्टर बाबु (कथा)
भुन्टेको लागि एकजोडी स्कूले लुगा सिउनु थियो । मुखिया बाजेको को आगनमा हात फैलाएं । तर पुरानो तमसुक नच्याटी नयाँ न दिने रे । मैले अनेक बिन्ती गरें । मेरो भुन्टेलाई स्कूल पठाउछु मुखिया बा, मेरो हजुर फर्किए पछि चुक्ता गरुंला। अनेकौ दु:ख हरु देखाएं। तर पत्थरको मन पग्लिएन।
साहुनी आमैको जडेउरी हरु ले हुर्किएको मेरो भुन्टे दौराको फेंदले सिंगान पुछ्दै तोते बोलीमा बोल्थ्यो, "आमा म पनि स्कूल जाने।" उसको बालापन देखेर गहभरिको आँशु लुकाउदै म उसलाई फकाउन थाल्थे । "हुन्छ बाबा! तिम्रो बा आएपछि हामी पनि शहर जाने, तिमी स्कूल जाने, राम्रो नाना लाउने है ।" म सपनाहरुमा हराउन थाल्थे । आमा भोक लाग्यो भन्दै उ मेरो छातीमा लुट्पुटिन्थ्यो । म ब्युंझिएर सपना सम्हाल्न खोंज्थे ।
यसैगरी दिनहरु बितेको थियो । न मेरो भुन्टे स्कूल नै गयो । न मेरो हजुरको कुनै खबर नै आयो । भुन्टेलाई मास्टर बाबु बनाउने मेरो रहर थियो । तर यस्तै हो भने मेरो भुन्टेले साहुको हलो र जुवा सँग साट्नु पर्ने छ उसका कलीला हातहरु, म सोचिरहे कै थिएं । पल्लाघरे माईला कराउदै आयो ।
"ओ दिदी महिलाहरुको लागि भर्ती खुलेको छ रे । " अचानक मेरो ओठहरु हर्षित भयो । सोधें, कहाँको लागि माईला? " शहरमा उधोग धन्दाहरु खुल्दैछन रे महिला कालीगढ हरुको आबश्यकता पर्यो रे त्यसैले महिला भर्तीको लागि गाँउ बिकासमा टार आएको छ रे तिमी पनि जाने हो भने नाम लेखाई हाल है दिदी । "
मेरा पाइला हरु बतासको बेगमा चल्न थाले । गाँउ बिकासमा महिलाहरुको ठूलै भिडभाड थियो । म भिड छिचोल्दै अगाडी बढें । मेरो नाम लेखिदिनोस साब । म माहिली अनि मेरो भुन्टे पनि छ मेरो साथमा । लेखन्दासले कर्कर्ती हेर्दै बोल्न थाल्यो । केटाकेटी लान त पाईदैन माहिली दिदी । म अवाक भएं । मेरो भुन्टेको बोली हावामा गुन्जिन थाल्यो । आमा मलाई पनि लैजाउ है तिमी सँगै । मेरो मुटुमा गाँठो पर्यो । आँशुका ढिक्काहरु बर्सिन थाल्यो । म कठोर भएर बोल्न थाले । हुन्छ साब म माहिली भर्ती लेखिदिनोस ।
मेरो प्यारो भुन्टेलाई साहुनी आमाको जिम्मा लगाएं । साहुनी आमै म पैसा कमाएर हजुरलाई पठाउछु, मेरो भुन्टेलाई स्कूल पठाइदिनोस है । गाँउकी दिदी बैनी हरु सँगै बेहोशी मा बाटो काट्न थाले । ठूला ठूला घर जत्रा कहिलै नदेखेका मोटर गाडीहरु तन्नै थिए ।
म मजेत्रोको पोको बाट मकैको खाजा निकालेर चपाउन खोज्छु । तर, मेरो भुन्टेले के खायो होला अनयासै मेरो मुख ओभाउन थाल्छ । म मजेत्रोले मुख छोपेर रुन थाल्छु । मेरो भुन्टे कसरी बाँचु म तिमी बिना फेरी मेरो आँखामा भुन्टे मास्टर बाबु भएको सपना नाच्न थाल्छ । म आफै गुन्गुनाउन थाल्छु । म छिट्टै फर्किएर आउछु मेरो बाबा तिमी नरोएर बस है ।
म सपनाहरुमा नै एकत्रीत भएकी हुन्छु । मेरो भुन्टे बिनाको धेरै बसन्त हरु बितिसकेका हुन्छन । हुलाकी दाइले चिट्ठीको खाम लिएर थमाईदिन्छ । आहा! मेरो भुन्टेको फोटो । मेरो भुन्टे मुखिया बा को नाती जस्तै देखिएको हुन्छ चिट्ठी को सानो टुक्रा म्यानेजर साबलाई पढ्न लागाउछु । " आमा म हजुरको भुन्टे । म जाँचमा पास भएं आमा । अब छिट्टै मास्टर बन्दैछु । हजुर चाँडै फर्किएर आउनुस है ।" म हर्षबिभोर हुन्छु । म्यानेजर साब मलाई बिदा गरिदिनुहोस । मेरो भुन्टेले मलाई बोलाएको छ ।
म हिसाब किताब चुक्ता गरेर मेरो भुन्टेको लागि दौरा सुरुवाल ढाका टोपी एकसरो जम्मै नयाँ लुगा किन्न जान्छु । दोकाने नानीले गोरखापत्रको टुक्रामा लुगाहरु पोको पार्न थाल्छिन । झलक्क फोटोहरुको लस्करमा मेरो भुन्टेको बाउको अनुहार देख्छु । ए नानी त्यो फोटामा मेरो हजुर जस्तै मान्छे छन नि! के लेखेको छ पढिदेउ त । दोकाने नानीले पन्ना पल्टाएर पढ्न थाल्छिन । हालसम्म कास्मिरको लडाईमा वीरगती पाउने हरुको नाम सहित तस्बीरहरु । दोकाने नानीको हातबाट गोरखापत्र भुईमा खस्छ । बतासको झोंकाले कागजको टुक्रा फर्लक्क फर्लक्क पल्टाउदै लान्छ । म आँखै नझिम्काई तस्बीरलाई हेरिरहे कै हुन्छु । मेरो हजुरको अनुहार ओझेल पर्दै जान्छ ।

Monday, January 01, 2007
म
रछ्यान भरि छरिएको दुर्गन्धित कसिंगर सम्झिएर
फोहोरको कन्टेनर भित्र फ्याकिदिए हुन्छ मलाई
किनकी, जन्मेदेखि नै म सडिसकेकी छु
हावाले उडाईरहेको खाली कागजको टुक्रा सम्झिएर
यज्ञको अग्नीशिखा भित्र जलाईदिए हुन्छ मलाइ
किनकी, भावनाहरुमा म खाग बनिसकेकी छु
अनि धड्कन बिनाको अस्तित्वबिहीन जिउदो लाश सम्झिएर
कसाईको बस्ती भित्र लीलाम बिक्रीमा राखिदिए हुन्छ मलाइ
किनकी, यथार्थमा म बेबारीशे सिनो भैसकेकी छु ।

मान्छे
भोको पेटसंग
अशान्ति र आतंक थाम्न नसकेर
मान्छे
ध्रुबरेखाका दुरीहरुमा
शान्ति खोज्दै छटपटाईरहेछ
मोतीसरी पसिनाका मूल्यहरु
सस्ता धेरै सस्ता
मूल्यबिहीन भैइसक्दा सम्म
लीलाम बिक्रीमा भएपनि
बेचिने आशामा भौतारीरहेछ
आज,भोलि,पर्सी
घडीका अथक सुईहरुका गतिसंगै
अनकन्टार पृथ्बीको
धेरै पटक फन्को मारीसकेको छ
तर, बिचरा मान्छे!
कस्तो अभागी?
अब त परदेशमा पनि
क्षयरोग र हैजा भन्दा पनि भयानक
असुरक्षाको महामारी फैलिएको छ
उसका प्रत्येक रातहरु
अर्धतन्द्रामा भाग्न थालेका छन
प्रत्येक श्वासहरु
नजानिदो ब्यथाले भरिएका छन
हिजो भोकमारीले ग्रष्ट मान्छे
महामारीमा पिल्सिन थालेको छ
शान्तीको खोजिमा निस्केको मान्छे
अचानक तर्सिन थालेको छ
त्यसैले
आफ्नो हक र अधिकार गुमाईसकेको
निर्दोष मान्छे
फेरी
एकपटक सुरक्षित भएर बाँच्न
अन्तर्ध्यान हुन सक्ने
शक्तिको खोजिमा छ ।
-nilima
अशान्ति र आतंक थाम्न नसकेर
मान्छे
ध्रुबरेखाका दुरीहरुमा
शान्ति खोज्दै छटपटाईरहेछ
मोतीसरी पसिनाका मूल्यहरु
सस्ता धेरै सस्ता
मूल्यबिहीन भैइसक्दा सम्म
लीलाम बिक्रीमा भएपनि
बेचिने आशामा भौतारीरहेछ
आज,भोलि,पर्सी
घडीका अथक सुईहरुका गतिसंगै
अनकन्टार पृथ्बीको
धेरै पटक फन्को मारीसकेको छ
तर, बिचरा मान्छे!
कस्तो अभागी?
अब त परदेशमा पनि
क्षयरोग र हैजा भन्दा पनि भयानक
असुरक्षाको महामारी फैलिएको छ
उसका प्रत्येक रातहरु
अर्धतन्द्रामा भाग्न थालेका छन
प्रत्येक श्वासहरु
नजानिदो ब्यथाले भरिएका छन
हिजो भोकमारीले ग्रष्ट मान्छे
महामारीमा पिल्सिन थालेको छ
शान्तीको खोजिमा निस्केको मान्छे
अचानक तर्सिन थालेको छ
त्यसैले
आफ्नो हक र अधिकार गुमाईसकेको
निर्दोष मान्छे
फेरी
एकपटक सुरक्षित भएर बाँच्न
अन्तर्ध्यान हुन सक्ने
शक्तिको खोजिमा छ ।
-nilima
पिरती
परेली माझ तिम्रो मुहार अल्झिदिए जस्तो लाग्छ
पिरतीको घाउ कतै बल्झिदिए जस्तो लाग्छ
छामी देउ न हृदयले पिरतीका झंकारहरु
सितार बनि बज्न थाले मेरा मनका संघारहरु
भोक-निद्रा सबै तिमीले लुटी लगे जस्तो लाग्छ
पिरतीको मुहान साँच्चि फूट्न थाले जस्तो लाग्छ
थमाई देउ न ढुकढुकीले पिरतीका लहरहरु
सागर भै बग्न थाले बैशालु यी रहरहरु
छाती भरी तिम्रो तस्बीर कोरी दिंउ कि जस्तो लाग्छ
पिरतीको धुनि सधैं लगाई रहुँ कि जस्तो लाग्छ
मेटाई देउ न मुस्कानले पिरतीका प्यासहरु
अञ्जुलीमै खोज्न थाले मायालुका बासहहरु ।

साकुरा
साकुरा तिमी कति सुन्दर छयौ
चारैतिर उज्यालो छरेकी छयौ
हरेक आत्मामा हर्ष पोखिदिएकी छयौ
जताततै तिमीले खुशी भरिदिएकी छयौ
हो,आज त्यो ठाउँमा साकुरा फूल्यो रे
भोली अर्कै ठाउँमा पनि फूल्दैछ रे
सबैजना तिमीलाई भेट्न हतारिएका छन रे
किनकी तिम्रो सुन्दरतालाई क्षणिक रमझम ठानेका छन रे
तर, मेरो दृष्टिमा साकुरा तिम्रो अर्कै स्थान छ
तिमीले डाँडाकाँडामा फूल्ने लालीगुराँसको सम्झना दिलाईदिएकी छयौ
भिरपाखामा फूल्ने सुनाखरीको प्यास मेटाइदिएकी छयौ
दाउराघास सँगै हुने दोहोरी जुवारीको भाका घन्काइदिएकी छयौ
त्यसैले त म बर्षदिन सम्मको तिम्रो प्रतिक्षामा
हरेक दिन र महिनाहरुको गन्ति गरिरहेछु
तिम्रो सुन्दरता अनि मोहिनी रुपको आगमनमा
सुख दु:खका दिनहरु बिताईरहेछु
जुन दिन तिमी मेरो घर वरिपरी सम्म आईपुग्छौ
म झ्यालबाट तिम्रो सुन्दरतालाई चियाईरहेको हुन्छु
जब तिमीमा जवानी आउछ तिमी ढकमक्क फूलेकी हुन्छयौ
म अनयासै मेरो रुप अनि चञ्चलताको तुलना तिमी सँग गर्न पुग्छु ।

बिछोड
सपनीमा आउदा तिम्रो अर्कै थियो रुपरंग
बिहानीमै मलिन भयो सप्तरंगी धुपसंग
याद आउछ प्रिय तिम्रो तरंगले सताउछ
जति नजिक हुन खोज्छु क्षितीजले छटा छाउछ
शिरिष फूल्दा आगनीमा तिम्रो बाटो कुर्न थाल्छु
अध्यारोले छेक्ला भनि आशाको यो दियो बाल्छु
पर्खाईमै डुब्न थाल्यो पूर्णिमाको जुन पनि
आज किन बेसूर लाग्छ सारँगीको धुन पनि
मुटुको यो कुना भित्र तिम्रो छाँया लहराउछ
चुम्न खोज्दा अधरहरु ओठ त्यसै फर्फराउछ
बिपनीमै देउ प्रिय मायालु ति साथ अझै
बिर्सिदिनै गाह्रो भयो बिछोडका घात अझै ।

2007
happy new year!!!
इन्द्रेणी सजिने हिमाली पाखाहरुमा
सुनगाभा र लालीगुराँस फूल सिउरिएर
घिन्ताङ घिन्ताङ मादलको तालसँगै
कम्मर मर्काइ मर्काइ नाचिरहेथें
पहाडका ति डाँफे मूनालहरु
कस्तूरी मृगहरुको बथानमा
लैबरी भाकाको सुसेली हाल्दै
मनका रहरहरु पोखिरहेथें
त्यो सुन्दर गाउँ, ती मनोरम दृश्य
पलपलहरुमा झस्काई रहने
त्यो मिठो अतित,
बर्तमानमा म जहाँ छु
यो एउटा अघोषित जेल हो
म निसस्सिरहेछु, छटपटाईरहेछु
कहालिलाग्दो बन्द कोठाभित्र थुनिइरहेछु
जब समय हुन्छ म रोबर्टमा परिणत हुन्छु
मेरो मानसपटल केवल खोक्रो मात्र भएको पाउँछु
रिमोट कन्ट्रोलरको बलियो डोरीले घाँटी कसिएको पाउँछु
हो, म निस्कनै नसक्ने डलरको खाल्डोमा भाँसिइसकेको छु
अनि सात समुन्द्रपारिको यो बिरानो ठाउँ
पराई हृदय र निर्दयी प्राणीहरुको माझ
छरपस्टिएका अधुरा सपनाहरु सँगाल्दै
म, नयाँ बर्ष तिमीलाई नै पर्खिरहेछु,पर्खिरहेछु ।

Subscribe to:
Posts (Atom)