Monday, January 01, 2007

रछ्यान भरि छरिएको दुर्गन्धित कसिंगर सम्झिएर
फोहोरको कन्टेनर भित्र फ्याकिदिए हुन्छ मलाई
किनकी, जन्मेदेखि नै म सडिसकेकी छु

हावाले उडाईरहेको खाली कागजको टुक्रा सम्झिएर
यज्ञको अग्नीशिखा भित्र जलाईदिए हुन्छ मलाइ
किनकी, भावनाहरुमा म खाग बनिसकेकी छु

अनि धड्कन बिनाको अस्तित्वबिहीन जिउदो लाश सम्झिएर
कसाईको बस्ती भित्र लीलाम बिक्रीमा राखिदिए हुन्छ मलाइ
किनकी, यथार्थमा म बेबारीशे सिनो भैसकेकी छु ।
-nilima

No comments:

Post a Comment