म जल्छु आफै भित्र
म बल्छु आफै सँग
उज्यालो दिन्छु तिमीलाई
म गल्छु सधैं सधैं
जलेर राग हुने भए
नयन हरुमा म जलिदिन्छु
बलेर ज्वाला टुट्ने भए
चट्याङहरुमा म बज्रीदिन्छु
म त रात हुँ त्यो औंसीको
तर तिम्रै लागि जलेको छु
म त घात हुँ त्यो मौनताको
तर तिम्रै लागि बलेको छु ।
-nilima
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment