Monday, January 01, 2007

मान्छे

भोको पेटसंग
अशान्ति र आतंक थाम्न नसकेर
मान्छे
ध्रुबरेखाका दुरीहरुमा
शान्ति खोज्दै छटपटाईरहेछ
मोतीसरी पसिनाका मूल्यहरु
सस्ता धेरै सस्ता
मूल्यबिहीन भैइसक्दा सम्म
लीलाम बिक्रीमा भएपनि
बेचिने आशामा भौतारीरहेछ
आज,भोलि,पर्सी
घडीका अथक सुईहरुका गतिसंगै
अनकन्टार पृथ्बीको
धेरै पटक फन्को मारीसकेको छ
तर, बिचरा मान्छे!
कस्तो अभागी?
अब त परदेशमा पनि
क्षयरोग र हैजा भन्दा पनि भयानक
असुरक्षाको महामारी फैलिएको छ
उसका प्रत्येक रातहरु
अर्धतन्द्रामा भाग्न थालेका छन
प्रत्येक श्वासहरु
नजानिदो ब्यथाले भरिएका छन
हिजो भोकमारीले ग्रष्ट मान्छे
महामारीमा पिल्सिन थालेको छ
शान्तीको खोजिमा निस्केको मान्छे
अचानक तर्सिन थालेको छ
त्यसैले
आफ्नो हक र अधिकार गुमाईसकेको
निर्दोष मान्छे
फेरी
एकपटक सुरक्षित भएर बाँच्न
अन्तर्ध्यान हुन सक्ने
शक्तिको खोजिमा छ ।
-nilima

No comments:

Post a Comment