सपनाको बस्तीहरुमा
प्रेमका महलहरु
भत्किएर जाने हो कि
आफैमा बिश्वाश छैन
मोहिनी बोलीमा
फूलेका फूलहरु
ओईलाएर झर्ने हो कि
आँखामा निद छैन्
मुटुको धड्कनहरुमा
कोरिएका आकृति
मेटिएर जाने हो कि
मनमा खै शान्ति छैन!
-nilima
Wednesday, December 27, 2006
माया
माया दियौ तिमीले
म त मैन झैं पग्लिए
खुशी दियौ तिमीले
म त हिमाल झैं अग्लिए
तिमी को हौ मेरो जीवनको
म तिम्रो बयान कसरी गरुं
लाग्छ तिमी भगवानको एक रूप हौ
म सधैं तिम्रो पूजा गरुं
जब म एक्लै निसास्सिरहेथें
तिमीले नै सुनौलो बाटो देखायौ
जब म एक्लै छटपटाईरहेथें
तिमीले नै न्यानो स्पर्श दियौ
म सधैं ॠणी छु तिम्रो दयाको
म कसरी आफैलाई मुक्त गरुं
लाग्छ अधुरो छ जीवन तिमी बिनाको
म कहाँ जाउ अनि म के गरुं ।
-nilima
म त मैन झैं पग्लिए
खुशी दियौ तिमीले
म त हिमाल झैं अग्लिए
तिमी को हौ मेरो जीवनको
म तिम्रो बयान कसरी गरुं
लाग्छ तिमी भगवानको एक रूप हौ
म सधैं तिम्रो पूजा गरुं
जब म एक्लै निसास्सिरहेथें
तिमीले नै सुनौलो बाटो देखायौ
जब म एक्लै छटपटाईरहेथें
तिमीले नै न्यानो स्पर्श दियौ
म सधैं ॠणी छु तिम्रो दयाको
म कसरी आफैलाई मुक्त गरुं
लाग्छ अधुरो छ जीवन तिमी बिनाको
म कहाँ जाउ अनि म के गरुं ।
-nilima
दशै
मुटु भरि गाउंघरको माया लिएर
आहा! दशै फेरि आएछ
सधैं म सँग भागीहिंड्ने दशै
यसपालि त मेरो शहर मा आएछ
अञ्जुली मा टिका र जमरा लिएर
आहा! दशै फेरि आएछ
कमेरो माटोले रंगिएको दशै
यसपालि त मेरो सिउदोमा आएछ
डोको भरि पुर्खाको आशिष लिएर
आहा! दशै फेरि आएछ
गरीबको घरमा पाहुना हो दशै
यसपालि त मेरो भन्सारमा आएछ
तर, कल्पनामा आयो दशै तिमी
सपनाहरु सबै झुटो रहेछ
समुन्द्रपारी तिम्रो सम्झनामा
परदेशिको मन रोईरहेछ!
by nilima
आहा! दशै फेरि आएछ
सधैं म सँग भागीहिंड्ने दशै
यसपालि त मेरो शहर मा आएछ
अञ्जुली मा टिका र जमरा लिएर
आहा! दशै फेरि आएछ
कमेरो माटोले रंगिएको दशै
यसपालि त मेरो सिउदोमा आएछ
डोको भरि पुर्खाको आशिष लिएर
आहा! दशै फेरि आएछ
गरीबको घरमा पाहुना हो दशै
यसपालि त मेरो भन्सारमा आएछ
तर, कल्पनामा आयो दशै तिमी
सपनाहरु सबै झुटो रहेछ
समुन्द्रपारी तिम्रो सम्झनामा
परदेशिको मन रोईरहेछ!
by nilima
घात
तिमीले नै हासो दियौ
कहिले तिमीले आँशु दियौ
नमेटिने मुटुभरी
सम्झनाको नासो दियौ
जानी जानी बेरिए म
नफुत्किने पासो दियौ
बिर्सेको थियो दुनियाँ ले
किन तिमीले चासो दियौ
मरी मरी बाँचेकी थिएं
परेलीमा बास दियौ
आज काट्नु गाह्रो थियो
भोलीको त्यो आश दियौ
जली जली आँफै भित्र
उज्यालो त्यो रात दियौ
भुल्न खोजें अन्ध्याँरोलाई
किन फेरी घात दियौ?
-nilima
कहिले तिमीले आँशु दियौ
नमेटिने मुटुभरी
सम्झनाको नासो दियौ
जानी जानी बेरिए म
नफुत्किने पासो दियौ
बिर्सेको थियो दुनियाँ ले
किन तिमीले चासो दियौ
मरी मरी बाँचेकी थिएं
परेलीमा बास दियौ
आज काट्नु गाह्रो थियो
भोलीको त्यो आश दियौ
जली जली आँफै भित्र
उज्यालो त्यो रात दियौ
भुल्न खोजें अन्ध्याँरोलाई
किन फेरी घात दियौ?
-nilima
Monday, December 25, 2006
मिलन
उ आउथ्यो
दुई चार शब्दहरु फ्याक्थ्यो
अनि
बाटो तताउथ्यो
मनका बहहरु
कबिताको लहर बनाई
छताछुल्ल पोखाउथ्यो
उ बोल्थ्यो
दुई चार शब्दहरु
फेरी
आफै तर्सिन्थ्यो
बिजुलिको करेन्ट
चटट्याङको आवाज
कन्चटहरुमा
बज्रीए झैं
तर
अचेल
उ चुपचाप छ
उ हराएको छ
म खोजिरहेछु
उसका आकृति हरुलाई
म पर्खि रहेछु
उसका पाईलाहरुलाई
क्षितिज पारीको
उसको प्रतिबिम्ब
बिस्तारै
धमिलिदै गएको छ
मनको क्यानभासमा कोरिएको
उसको चित्र
किनारा हरु बाट मेटिन्दैछ
उसले भुलेको छ
हिंडिरहेको त्यो गोरेटो
भत्काउदै छ
मनका सुनौला साँगुहरु
फेरिएका छन
उसका सुरीला आवाजहरु
म अन्योलको भुमरिहरुमा
त्यसै त्यसै मडारिरहेछु
बिगतका ति
कथाहरुमा
बर्तमान खोजिरहेछु
यथार्थमा
उ पारी छ
अनि
म वारी छु
लाग्छ,
हाम्रो मिलन
असम्भब छ ।
-nilima
दुई चार शब्दहरु फ्याक्थ्यो
अनि
बाटो तताउथ्यो
मनका बहहरु
कबिताको लहर बनाई
छताछुल्ल पोखाउथ्यो
उ बोल्थ्यो
दुई चार शब्दहरु
फेरी
आफै तर्सिन्थ्यो
बिजुलिको करेन्ट
चटट्याङको आवाज
कन्चटहरुमा
बज्रीए झैं
तर
अचेल
उ चुपचाप छ
उ हराएको छ
म खोजिरहेछु
उसका आकृति हरुलाई
म पर्खि रहेछु
उसका पाईलाहरुलाई
क्षितिज पारीको
उसको प्रतिबिम्ब
बिस्तारै
धमिलिदै गएको छ
मनको क्यानभासमा कोरिएको
उसको चित्र
किनारा हरु बाट मेटिन्दैछ
उसले भुलेको छ
हिंडिरहेको त्यो गोरेटो
भत्काउदै छ
मनका सुनौला साँगुहरु
फेरिएका छन
उसका सुरीला आवाजहरु
म अन्योलको भुमरिहरुमा
त्यसै त्यसै मडारिरहेछु
बिगतका ति
कथाहरुमा
बर्तमान खोजिरहेछु
यथार्थमा
उ पारी छ
अनि
म वारी छु
लाग्छ,
हाम्रो मिलन
असम्भब छ ।
-nilima
मन
मन सागर हो
फेरी किन प्यासी छ यो मन
मन दियो हो
सधैं किन अन्ध्यारो छ यो मन
जब शितका थोपाहरु टल्पलाउन थाल्छन
म अञ्जुली थापेर पानी सँगाल्न खोज्छु
जब अगेनामा आगो हुर्हुर्ती बल्न थाल्छ
म हत्केलाले ब्यर्थै रोशनी छोप्न खोज्छु
तर, खहरे बनेर पानीका छिताहरु
बर्षातको भेल संगै बगिदिन्छन
उज्यालो देख्ने रंगीन सपनाहरु
दियालोको टुक्रा संगै जलिदिन्छन
त्यसैले, आंशुले नै मेटाईदिन्छु तिर्खा अब
मरुभुमिमा नहरको सपना न देखाउ
औंशीको रात नै प्यारो छ मलाई
झलमल्ल पूर्णिमाको जूनले न सजाउ!
-nilima
फेरी किन प्यासी छ यो मन
मन दियो हो
सधैं किन अन्ध्यारो छ यो मन
जब शितका थोपाहरु टल्पलाउन थाल्छन
म अञ्जुली थापेर पानी सँगाल्न खोज्छु
जब अगेनामा आगो हुर्हुर्ती बल्न थाल्छ
म हत्केलाले ब्यर्थै रोशनी छोप्न खोज्छु
तर, खहरे बनेर पानीका छिताहरु
बर्षातको भेल संगै बगिदिन्छन
उज्यालो देख्ने रंगीन सपनाहरु
दियालोको टुक्रा संगै जलिदिन्छन
त्यसैले, आंशुले नै मेटाईदिन्छु तिर्खा अब
मरुभुमिमा नहरको सपना न देखाउ
औंशीको रात नै प्यारो छ मलाई
झलमल्ल पूर्णिमाको जूनले न सजाउ!
-nilima
प्रतिक्षा
न उसको तस्वीर नै बोल्छ
छाया उसकै हो त्यो पनि मलिन छ
आशाको दियो निभेछ क्यारे
मेरो मनको मझेरी आज सुनसान छ!
न उसको कुनै खबर छ
हावाको झोका हरु पनि चुपचाप छ
खोइ उसको बाटो हरु बदलिएछ
क्यारे मेरो मनको मझेरी आज सुनसान छ!!
आउछ उ फेरी आउछ
आगन भरि प्रतिक्षा उसकै छ
तर, मध्यरातको टहटह जुनमा पनि
मेरो मनको मझेरी आज सुनसान छ!!!
By nilima
छाया उसकै हो त्यो पनि मलिन छ
आशाको दियो निभेछ क्यारे
मेरो मनको मझेरी आज सुनसान छ!
न उसको कुनै खबर छ
हावाको झोका हरु पनि चुपचाप छ
खोइ उसको बाटो हरु बदलिएछ
क्यारे मेरो मनको मझेरी आज सुनसान छ!!
आउछ उ फेरी आउछ
आगन भरि प्रतिक्षा उसकै छ
तर, मध्यरातको टहटह जुनमा पनि
मेरो मनको मझेरी आज सुनसान छ!!!
By nilima
Saturday, December 23, 2006
सयपत्री
नफुलिदेउ सयपत्री मेरो लागि
म माला गाँसेर सजाउन सक्दिन
नझुलिदेउ तिमी नयनहरुमा
म तिम्रो सुन्दरतालाई बचाउन सक्दिन
नछरिदेउ सुवास आगन भरि
म तिम्रो सुगन्धमा रमाउन सक्दिन
खोइ! तिमीलाई थाहा छ छैन्
म त पलपलहरुमा मरिरहेकी छु
बर्षौ देखि यो सडकको गल्लिहरुमा
बेबारीशे लाश झै सडिरहेकी छु
सुनामी ले भत्काईदिएको
यो सुनसान जिन्दगीमा
म आफ्नै अस्तित्व खोजिरहेकी छु!!!
-निलीमा ।
म माला गाँसेर सजाउन सक्दिन
नझुलिदेउ तिमी नयनहरुमा
म तिम्रो सुन्दरतालाई बचाउन सक्दिन
नछरिदेउ सुवास आगन भरि
म तिम्रो सुगन्धमा रमाउन सक्दिन
खोइ! तिमीलाई थाहा छ छैन्
म त पलपलहरुमा मरिरहेकी छु
बर्षौ देखि यो सडकको गल्लिहरुमा
बेबारीशे लाश झै सडिरहेकी छु
सुनामी ले भत्काईदिएको
यो सुनसान जिन्दगीमा
म आफ्नै अस्तित्व खोजिरहेकी छु!!!
-निलीमा ।
कबिता
तिम्रा हजारौ ईक्षा हरु
कसरी पूरा गरुं म
म सँग बाँकी रहेका
यि खोक्रा मुस्कान हरुले
तिम्रा ति असिमित चाहनाहरु
कसरी भरिदिउं म
मेरा रित्ती सकेका
यि खाली खाली नयन हरुले
त्यसैले न दु:खाउ मेरा
यि घायल मनहरु
म त चोटहरुको पिडाले
छटपटाई रहेकोछु
न बल्झाईदेउ मेरा
ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार
खोजिरहेकी छु!!!
-निलीमा ।
कसरी पूरा गरुं म
म सँग बाँकी रहेका
यि खोक्रा मुस्कान हरुले
तिम्रा ति असिमित चाहनाहरु
कसरी भरिदिउं म
मेरा रित्ती सकेका
यि खाली खाली नयन हरुले
त्यसैले न दु:खाउ मेरा
यि घायल मनहरु
म त चोटहरुको पिडाले
छटपटाई रहेकोछु
न बल्झाईदेउ मेरा
ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार
खोजिरहेकी छु!!!
-निलीमा ।
गुनासो
चोटहरुको जिन्दगी यो बाँच्न मनै छैन
पिंडा बोकी मुटु भरि हास्न मनै छैन
रहर हरु टूटि गए जोडने केही छैन
दुखी रहन्छ घात हरु ओखती नै छैन
उमंग यी रित्ती सके आशा केही छैन
भत्किदिन्छन बिश्वासहरु साँच्न मनै छैन
मागेकी थिए खुशीहरु झूटो माया हैन
पलहरु मै खोसी लाने मुस्कान चाहिया छैन।
-निलीमा ।
पिंडा बोकी मुटु भरि हास्न मनै छैन
रहर हरु टूटि गए जोडने केही छैन
दुखी रहन्छ घात हरु ओखती नै छैन
उमंग यी रित्ती सके आशा केही छैन
भत्किदिन्छन बिश्वासहरु साँच्न मनै छैन
मागेकी थिए खुशीहरु झूटो माया हैन
पलहरु मै खोसी लाने मुस्कान चाहिया छैन।
-निलीमा ।
यो कस्तो माया
हरेक बिहानीमा तिमीलाई पाएं
हर साँझ हरुमा तिमीलाई पर्खें
तिमी अदृश्य छौ तर म तिम्रै अँगालोमा हुन्छु
ढुकढुकी हरुमा तिमी तरंगित हुन्छौ
तिमी बिनाको मेरा पलहरु
तिमी बिनाको मेरा धड्कन हरु
अधूरो अनि अपूरो छ
तिमी मेरो कल्पना मा हुन्छौ
तिमी मेरो सपना मा आउछौ
तिम्रै सहारामा म उभिन खोज्छु
म त तिमीमा समर्पित छु
तर, मौनतामा तिमी
टाढा न भई देउ
स्मृती हरु बाट तिमी
पर न भागी देउ
म त एक्लो छु
बिरत्तिएको यो मन
छातीमा मायाको ज्वाला
आँखामा आँशुको फोहरा
फेरी एकपल्ट त्यही शब्द
दोहोराउदै छु तिमी सँग
कभी अलबिदा न केहना!!!
-निलीमा ।
हर साँझ हरुमा तिमीलाई पर्खें
तिमी अदृश्य छौ तर म तिम्रै अँगालोमा हुन्छु
ढुकढुकी हरुमा तिमी तरंगित हुन्छौ
तिमी बिनाको मेरा पलहरु
तिमी बिनाको मेरा धड्कन हरु
अधूरो अनि अपूरो छ
तिमी मेरो कल्पना मा हुन्छौ
तिमी मेरो सपना मा आउछौ
तिम्रै सहारामा म उभिन खोज्छु
म त तिमीमा समर्पित छु
तर, मौनतामा तिमी
टाढा न भई देउ
स्मृती हरु बाट तिमी
पर न भागी देउ
म त एक्लो छु
बिरत्तिएको यो मन
छातीमा मायाको ज्वाला
आँखामा आँशुको फोहरा
फेरी एकपल्ट त्यही शब्द
दोहोराउदै छु तिमी सँग
कभी अलबिदा न केहना!!!
-निलीमा ।
रहर
एउटा खुल्ला किताब हुँ म
तिमी द्वारा पनि त पढिन सक्छु
फाटिसकेको पन्नाहरु झै म
टुक्राटुक्रा परेर फ्याकिन सक्छु
कसैको लागि कथा हुँ म
अक्षरहरुले भरिएको हुन्छु
गाईनेको भाकामा गीत हुँ म
सारँगीको तार सँगै रेटिईरहेको हुन्छु
आगोको ज्वाला बनेर म
स्मृतीहरुमा जलिदिन सक्छु
राग भएका मेरा बिश्वासहरु माझ
बतास बनेर म उडिजान सक्छु
कुनै सिकायत छैन तिमी सँग मेरो
रहरहरुमा नै म झुलिदिन्छु
यसपालिको बसन्त पनि तिम्रो हो भने
तिम्रै सामिप्यमा म फूलिदिन्छु।
-निलीमा
तिमी द्वारा पनि त पढिन सक्छु
फाटिसकेको पन्नाहरु झै म
टुक्राटुक्रा परेर फ्याकिन सक्छु
कसैको लागि कथा हुँ म
अक्षरहरुले भरिएको हुन्छु
गाईनेको भाकामा गीत हुँ म
सारँगीको तार सँगै रेटिईरहेको हुन्छु
आगोको ज्वाला बनेर म
स्मृतीहरुमा जलिदिन सक्छु
राग भएका मेरा बिश्वासहरु माझ
बतास बनेर म उडिजान सक्छु
कुनै सिकायत छैन तिमी सँग मेरो
रहरहरुमा नै म झुलिदिन्छु
यसपालिको बसन्त पनि तिम्रो हो भने
तिम्रै सामिप्यमा म फूलिदिन्छु।
-निलीमा
तिमी
तिम्रो यादमा मैले धेरै गीत गाएं
एकान्तमा एक्लै धेरै धेरै रोएं
कहाँ छौ तिमी थाहा छैन् मलाई
तिमीलाई नै खोज्दै म यहाँ सम्म आएं
बादल सरी तिमी आकाश बाट आयौ
चट्याङ्को आवाज संगै तिमी क्षणभर मै बिलायौ
म निराश निराश तिमीलाई नै हेरिरहें
सपनालाई भुल्ने धेरै कोशिश गरें
मेरा सारा खुशीहरु तिमीलाई नै दिएं
सम्झनामा केवल तिमी मुस्कुरायौ
हावाको झोका संगै तिमी आयौ अनि गयौ
म चट्टान सरी तिमीलाई नै पर्खिरहें।
-निलीमा ।
एकान्तमा एक्लै धेरै धेरै रोएं
कहाँ छौ तिमी थाहा छैन् मलाई
तिमीलाई नै खोज्दै म यहाँ सम्म आएं
बादल सरी तिमी आकाश बाट आयौ
चट्याङ्को आवाज संगै तिमी क्षणभर मै बिलायौ
म निराश निराश तिमीलाई नै हेरिरहें
सपनालाई भुल्ने धेरै कोशिश गरें
मेरा सारा खुशीहरु तिमीलाई नै दिएं
सम्झनामा केवल तिमी मुस्कुरायौ
हावाको झोका संगै तिमी आयौ अनि गयौ
म चट्टान सरी तिमीलाई नै पर्खिरहें।
-निलीमा ।
Subscribe to:
Posts (Atom)
