Saturday, December 23, 2006

तिमी

तिम्रो यादमा मैले धेरै गीत गाएं
एकान्तमा एक्लै धेरै धेरै रोएं
कहाँ छौ तिमी थाहा छैन् मलाई
तिमीलाई नै खोज्दै म यहाँ सम्म आएं

बादल सरी तिमी आकाश बाट आयौ
चट्याङ्को आवाज संगै तिमी क्षणभर मै बिलायौ
म निराश निराश तिमीलाई नै हेरिरहें
सपनालाई भुल्ने धेरै कोशिश गरें

मेरा सारा खुशीहरु तिमीलाई नै दिएं
सम्झनामा केवल तिमी मुस्कुरायौ
हावाको झोका संगै तिमी आयौ अनि गयौ
म चट्टान सरी तिमीलाई नै पर्खिरहें।
-निलीमा ।

No comments:

Post a Comment