Saturday, December 23, 2006

रहर

एउटा खुल्ला किताब हुँ म
तिमी द्वारा पनि त पढिन सक्छु
फाटिसकेको पन्नाहरु झै म
टुक्राटुक्रा परेर फ्याकिन सक्छु

कसैको लागि कथा हुँ म
अक्षरहरुले भरिएको हुन्छु
गाईनेको भाकामा गीत हुँ म
सारँगीको तार सँगै रेटिईरहेको हुन्छु

आगोको ज्वाला बनेर म
स्मृतीहरुमा जलिदिन सक्छु
राग भएका मेरा बिश्वासहरु माझ
बतास बनेर म उडिजान सक्छु

कुनै सिकायत छैन तिमी सँग मेरो
रहरहरुमा नै म झुलिदिन्छु
यसपालिको बसन्त पनि तिम्रो हो भने
तिम्रै सामिप्यमा म फूलिदिन्छु।
-निलीमा

No comments:

Post a Comment