हरेक बिहानीमा तिमीलाई पाएं
हर साँझ हरुमा तिमीलाई पर्खें
तिमी अदृश्य छौ तर म तिम्रै अँगालोमा हुन्छु
ढुकढुकी हरुमा तिमी तरंगित हुन्छौ
तिमी बिनाको मेरा पलहरु
तिमी बिनाको मेरा धड्कन हरु
अधूरो अनि अपूरो छ
तिमी मेरो कल्पना मा हुन्छौ
तिमी मेरो सपना मा आउछौ
तिम्रै सहारामा म उभिन खोज्छु
म त तिमीमा समर्पित छु
तर, मौनतामा तिमी
टाढा न भई देउ
स्मृती हरु बाट तिमी
पर न भागी देउ
म त एक्लो छु
बिरत्तिएको यो मन
छातीमा मायाको ज्वाला
आँखामा आँशुको फोहरा
फेरी एकपल्ट त्यही शब्द
दोहोराउदै छु तिमी सँग
कभी अलबिदा न केहना!!!
-निलीमा ।
Saturday, December 23, 2006
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment