माया दियौ तिमीले
म त मैन झैं पग्लिए
खुशी दियौ तिमीले
म त हिमाल झैं अग्लिए
तिमी को हौ मेरो जीवनको
म तिम्रो बयान कसरी गरुं
लाग्छ तिमी भगवानको एक रूप हौ
म सधैं तिम्रो पूजा गरुं
जब म एक्लै निसास्सिरहेथें
तिमीले नै सुनौलो बाटो देखायौ
जब म एक्लै छटपटाईरहेथें
तिमीले नै न्यानो स्पर्श दियौ
म सधैं ॠणी छु तिम्रो दयाको
म कसरी आफैलाई मुक्त गरुं
लाग्छ अधुरो छ जीवन तिमी बिनाको
म कहाँ जाउ अनि म के गरुं ।
-nilima
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment