Monday, December 25, 2006

प्रतिक्षा

न उसको तस्वीर नै बोल्छ
छाया उसकै हो त्यो पनि मलिन छ
आशाको दियो निभेछ क्यारे
मेरो मनको मझेरी आज सुनसान छ!

न उसको कुनै खबर छ
हावाको झोका हरु पनि चुपचाप छ
खोइ उसको बाटो हरु बदलिएछ
क्यारे मेरो मनको मझेरी आज सुनसान छ!!

आउछ उ फेरी आउछ
आगन भरि प्रतिक्षा उसकै छ
तर, मध्यरातको टहटह जुनमा पनि
मेरो मनको मझेरी आज सुनसान छ!!!
By nilima

No comments:

Post a Comment