Monday, December 25, 2006

मन

मन सागर हो
फेरी किन प्यासी छ यो मन
मन दियो हो
सधैं किन अन्ध्यारो छ यो मन

जब शितका थोपाहरु टल्पलाउन थाल्छन
म अञ्जुली थापेर पानी सँगाल्न खोज्छु
जब अगेनामा आगो हुर्हुर्ती बल्न थाल्छ
म हत्केलाले ब्यर्थै रोशनी छोप्न खोज्छु

तर, खहरे बनेर पानीका छिताहरु
बर्षातको भेल संगै बगिदिन्छन
उज्यालो देख्ने रंगीन सपनाहरु
दियालोको टुक्रा संगै जलिदिन्छन

त्यसैले, आंशुले नै मेटाईदिन्छु तिर्खा अब
मरुभुमिमा नहरको सपना न देखाउ
औंशीको रात नै प्यारो छ मलाई
झलमल्ल पूर्णिमाको जूनले न सजाउ!
-nilima

No comments:

Post a Comment