Wednesday, December 27, 2006

दशै

मुटु भरि गाउंघरको माया लिएर
आहा! दशै फेरि आएछ
सधैं म सँग भागीहिंड्ने दशै
यसपालि त मेरो शहर मा आएछ

अञ्जुली मा टिका र जमरा लिएर
आहा! दशै फेरि आएछ
कमेरो माटोले रंगिएको दशै
यसपालि त मेरो सिउदोमा आएछ

डोको भरि पुर्खाको आशिष लिएर
आहा! दशै फेरि आएछ
गरीबको घरमा पाहुना हो दशै
यसपालि त मेरो भन्सारमा आएछ

तर, कल्पनामा आयो दशै तिमी
सपनाहरु सबै झुटो रहेछ
समुन्द्रपारी तिम्रो सम्झनामा
परदेशिको मन रोईरहेछ!
by nilima

No comments:

Post a Comment