Monday, January 01, 2007

बिछोड

सपनीमा आउदा तिम्रो अर्कै थियो रुपरंग
बिहानीमै मलिन भयो सप्तरंगी धुपसंग
याद आउछ प्रिय तिम्रो तरंगले सताउछ
जति नजिक हुन खोज्छु क्षितीजले छटा छाउछ

शिरिष फूल्दा आगनीमा तिम्रो बाटो कुर्न थाल्छु
अध्यारोले छेक्ला भनि आशाको यो दियो बाल्छु
पर्खाईमै डुब्न थाल्यो पूर्णिमाको जुन पनि
आज किन बेसूर लाग्छ सारँगीको धुन पनि

मुटुको यो कुना भित्र तिम्रो छाँया लहराउछ
चुम्न खोज्दा अधरहरु ओठ त्यसै फर्फराउछ
बिपनीमै देउ प्रिय मायालु ति साथ अझै
बिर्सिदिनै गाह्रो भयो बिछोडका घात अझै ।
-nilima

No comments:

Post a Comment