सपनीमा आउदा तिम्रो अर्कै थियो रुपरंग
बिहानीमै मलिन भयो सप्तरंगी धुपसंग
याद आउछ प्रिय तिम्रो तरंगले सताउछ
जति नजिक हुन खोज्छु क्षितीजले छटा छाउछ
शिरिष फूल्दा आगनीमा तिम्रो बाटो कुर्न थाल्छु
अध्यारोले छेक्ला भनि आशाको यो दियो बाल्छु
पर्खाईमै डुब्न थाल्यो पूर्णिमाको जुन पनि
आज किन बेसूर लाग्छ सारँगीको धुन पनि
मुटुको यो कुना भित्र तिम्रो छाँया लहराउछ
चुम्न खोज्दा अधरहरु ओठ त्यसै फर्फराउछ
बिपनीमै देउ प्रिय मायालु ति साथ अझै
बिर्सिदिनै गाह्रो भयो बिछोडका घात अझै ।
-nilima
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment